एनएनटिभि शर्टस् (मेरो कथा, मेरो सिनेमा) कार्यक्रम नेपाल नेटवर्क टेलिभिजनको नेपाली लघु चलचित्रमार्फत आमदर्शकलाई मनोरञ्जनका साथ नयाँ चलचित्रकर्मीहरु लाई प्रोत्साहनगर्न आयोजना गर्न लागिएको लघु चलचित्र प्रतिस्पर्धा हो ।

हाम्राे बारे

एनएनटिभि शर्टस् (मेरो कथा, मेरो सिनेमा) कार्यक्रम नेपाल नेटवर्क टेलिभिजनको नेपाली लघु चलचित्रमार्फत आमदर्शकलाई मनोरञ्जनका साथ नयाँ चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्न आयोजना गर्न लागिएको लघु चलचित्र प्रतिस्पर्धा हो ।  यस कार्यक्रममा सर्वप्रथम लघुचलचित्र निर्माण गर्न चाहने व्यक्तीवा समुहले आफ्नो स्कृप्टको संक्षीप्त स्वरुप (कथासार) अनलाईन www.nntvshorts.com मार्फत पेश गर्नुपर्नेछ भने उक्त स्कृप्ट छनौट भईसकेपश्चात नेपाल नेटवर्क टेलिभिजनले  निर्माण अनुमतिप्रदान गर्नेछ । उक्त अनुमति प्राप्त गर्ने व्यक्ति वा समुहले प्रतिस्पर्धामा भाग लिनपाउने छन् ।

दिपेन्द्र के खनाल

दिपेन्द्र के खनाल नेपाली चलचित्र क्षेत्रका बहुप्रसिद्ध चलचित्र निर्देशक तथा निर्माता हुन् । उनी नेपाली चलचित्र उद्योगका सबैभन्दा चर्चित निर्देशकहरू मध्ये एक र सर्वाधिक पारिश्रमिक लिने नेपाली पुरुष निर्देशकमा पर्छन् ।

सुनिलथापा

सबै भाषामागरि सालाखाला मैले १५० चलचित्रकाकथाहरुमाअभिनय गरेँ । कथा त जहाँपनि छ । कथा त प्रत्येक मान्छेसँग नै छ । केहिभनिनलायक, केहि सुनीनलायक, केहि देखाउनलायक । के तपाँईसँग पनि यस्तो कथा छ जो तपाँई भन्न र देखाउन चाहनुहुन्छ ?यदि छ भने भागलिनुस एनएन टिभि शर्ट फिल्म कम्पिटिशन मा ।

पुजा शर्मा

फाईभ स्टार होटलको आफ्नै कथा छ, कथा फुटफाथको खाजाको अर्कै कथा छ । ठेलागाडामा पसिना चुहाउनेको आफ्नै कथा छ । रेन्ज रोभरमा हुईकीनेको बैग्लै कथा छ । त्यस्तो कथा भनिन र देखाउन लायक छन भने एनएन टिभि शर्ट तपाँईको लागी एक अवसरको रुपमा लिन सक्नु हुनेछ ।

नियम तथा शर्तहरू

१. एनएनटिभि शर्टस् नेपाल नेटवर्क टेलिभिजनले नेपाली चलचित्र प्रेमीयुवाहरुलाई सकारात्मक प्रभावपार्ने तथा प्रोत्साहनको लागि आयोजना गर्न लागेको लघु चलचित्र प्रतिस्पर्धा हो । यसमा नयाँ, पुराना सवै ईच्छुक समुहहरुले भागलिन सक्नेछन् । लघुचलचित्रको निर्देशक नेपाली हुनुपर्नेछ । चलचित्रको भाषा नेपाली वा नेपालभित्रको मातृभाषा वा नेपाली सबटाईटल प्रयोग गरी कुनैपनि भाषा हुन सक्नेछ।

२. चलचित्र आमसमुदायमा सकारात्मक प्रभावपार्ने हुनु पर्नेछ । 

३. चलचित्रको लम्बाई  १२ मिनेट र २४ मिनेटको हनु पर्नेछ । 

४. चलचित्रकम्तिमाफुलएच.डि (१९२०/१०८०). स्तरको हुन् पर्नेछ ।

५. सहभागीहरुले नेपाल नेटवर्क टेलिभिजनले तोकेको समय भित्रलघु चलचित्र निर्माण सम्पन्न गरी बुझाइसक्नु पर्नेछ ।चलचित्रको एक पोष्टर र एक ट्रेलर पनि सहभागिले तयार गरि पेश गर्नुपर्नेछ ।

६. नेपाल सरकारको नियमतथा संविधानबाट वर्जित, तथा अश्लिलता झल्काउने, सामाजिक सद्भाव भड्काउने, भिडियो तथा संवाद राख्नपाईने छैन ।

७. लघु चलचित्रव्यक्ति, समुदाय र संघसंस्थालाई आक्षेप लगाउने वाआउने खालको तथा नेपालको संविधानले बर्जित गरेको विषयवस्तुसँग संवन्धितहुनु हुँने छैन ।

८. प्रथम पुरस्कार नगद रु २,००,०००।– द्धितिय पुरस्कार नगद रु १,५०,०००।– तृतिय पुरस्कार नगद रु ५०,०००।– तथा उत्कृष्ट १० लाई नगद रु १०,०००।–प्रदान गरिनेछ ।

९. पूर्वप्रदर्शन गरिएका वा अन्यत्र सहभागीभई सकेका चलचित्रहरुलाई प्रतियोगितामा सहभागी गराईने छैन ।

१०. चलचित्र निर्माताले बिना स्वीकृति अरु कसैको कृति चलचित्रमा प्रयोग भएको पाईएमा वा कथा, गीत, संगीत, पाश्र्व संगीत वा चलचित्रभित्र कुनै पनि कपिराईट संवन्धीविवाद भएमा सो को जिम्मेवारी सहभागिले लिनुपर्नेछ ।

११. लघु चलचित्र निम्न बिधाहरुमा आधारित रही मुल्याङ्कन गरिने छ ।
      (क) कथा/संवाद
      (ख) अभिनय, निर्देशन
      (ग) प्राविधिकपक्ष

१३. लघु चलचित्र प्रतियोगिताको दौरानमा कुनै समस्याहरु आएमाआपसी समझदारीमा समाधान गरिने छ ।

१४. सहभागी सम्पूर्ण लघु चलचित्रहरुको टेलिभिजन प्रसारण अधिकार नेपाल नेटवर्क टेलिभिजनमा निहीत रहनेछ र टेलिभिजनले गरेको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

१५. लघु चलचित्र टेलिभिजनमा प्रसारण हुने भएमा नेपाल नेटवर्क टेलिभिजनको सेन्सर निति बमोजिम सेन्सर भएपश्चात मात्र टेलिभिजनमा प्रसारण हुनेछ  ।

१६ प्रस्तावित विषयवस्तु भन्दा बाहिरका स्क्रिप्टहरु प्रतियोगितामा समावेश गरिने छैन भने निर्माण भएका लघु चलचित्रहरु स्तरयुक्त नभएमा प्रतियोगिताको समयसीमा परिवर्तन वा स्थगनगर्ने अधिकार टेलिभिजनसँग निहित रहने छ ।

१७. उत्कृष्ट पॉच चलचित्रकर्मीलाई प्राथमिकताका आधारमा डिएआर मुभिज ले निर्माण गर्ने चलचित्र तथा नेपाल नेटवर्क टेलिभिजबाट निर्माण हुने टेलिचलचित्रमा काम गर्ने अवसर प्रदान गरिनेछ।

Phone

9801875276, 01-5917133

Email

info@nntvshorts.com

Location

Kathmandu

Powered by: Khelsoft